विश्वभरबाट कोरोना मुक्त हुनेको संख्या २ करोड नाघ्यो

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण यो समाचार तयार पार्दासम्म ९ लाख १० हजार ९ सय ५० जनाको ज्यान गएको छ ।

हालसम्म विश्वभरका २ करोड ८१ लाख ९४ हजार ३ सय २१ जनामा कोरोना संक्रमण फैलिएको छ ।

हालसम्म विश्वभरबाट २ करोड २ लाख १७ हजार २ सय ४० जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६० हजार ५ सय ७४ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?