अमेरिकी राष्ट्रपति चुनावमा १० बिलियन डलर खर्च हुनसक्ने

काठमाडौं । अमेरिकामा ३ नोभेम्बरमा राष्ट्रपतिको चुनाव हुँदैछ । रिपब्लिकन पार्टीले राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि भरोसा राखेको छ । तर डेमोक्र्याटिक पार्टीले जो बिडेनलाई उम्मेदवारी बनाएको छ ।

चुनावको ठीक ६० दिन अगाडि ट्रम्प र बिडेनबीच घमासान प्रतिस्पर्द्धा चलिरहेको छ । यसैबीच अमेरिकी राष्ट्रपति चुनावमा १० बिलियन डलर खर्च हुन सक्ने अनुमान गरिएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार २०२० को अमेरिकी राष्ट्रपति चुनावमा १० बिलियन डलर सम्म खर्च हुने सक्नेछ ।

सन् २०१६ मा भएको राष्ट्रपति चुनावमा प्रतिउम्मेदवार १ अर्ब डलर खर्च भएको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?