कोरोना कहर : भारतमा हालसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा व्याप्त छ ।

कोरोना भाइरसका कारण अहिले सारा विश्वमा ९ लाख ७ हजार ९१९ जनाको मृत्यु भएको छ भने २ करोड ८० लाख १९ हजार ७७१ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै २ करोड ९५ हजार ९५२ जना संक्रमण मुक्त भएको छ भने विश्वमा ६० हजार ५३६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच भारतमा कोरोना भाइरसका कारण अहिलेसम्म ७५ हजार ९१ जनाको मृत्यु भएको छ भने ४४ लाख ६२ हजार ९६५ जनालाई कोरोना संक्रमण भएका छन् ।

त्यस्तै भारतमा ३४ लाख ६९ हजार ८४ जना संक्रमण मुक्त भएका छन् भने ९ लाख १८ हजार ७९० जना उपचाररत छन् । त्यस्तै ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

भारतमा बुधवार हालसम्मकै धेरै संक्रमित थपिएका छन् । भारतमा बुधवार ९५ हजार ५२९ जना संक्रमित थपिएका छन् भने १ हजार १६८ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?