यी ५ देशमा छन् विश्वकै सबै भन्दा धेरै कोरोना संक्रमित

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण यो समाचार तयार पार्दासम्म ९ लाख ४ हजार ६ सय ४४ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका २ करोड ७८ लाख ८७ हजार ८ सय ६ जनामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म विश्वभरबाट १ करोड ९९ लाख ४१ हजार २ सय ८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६० हजार ४ सय ६४ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ९४ हजार ४ सय ६३ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा १२ हजार ४ सय ५ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ६५ लाख २६ हजार ७ सय १६ पुगेको छ । हालसम्म ३ लाख ७ हजार १ सय ६३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १४ हजार ५ सय ५९ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र ४ सय ३३ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

त्यस्तै छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ७४ हजार ६ सय १३ पुगेको छ । बितेको २४ घण्टामा ६६ हजार २ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ४४ लाख ३३ हजार ७ सय ८ पुगेको छ । हालसम्म ३४ लाख ४९ हजार ४ सय ५० जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ६ सय ९० जनाको ज्यान गएको र संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै ब्राजिलमा बितेको २४ घण्टामा १४ हजार ३ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमित संख्या ४१ लाख ७९ हजार ४ सय ७१ पुगेको छ । हालसम्म ब्राजिलमा कोरोनाको कारण १ लाख २८ हजार १ सय १९ जनाको ज्यान गएको छ । वल्डोमिटरको तथ्यांक अनुसार ३३ लाख ९७ हजार २ सय ३४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको छ । त्यस्तै बितेको २४ घण्टामा कोरोनाको कारण ६ सय २ जनाको ज्यान गएको छ ।

त्यस्तै रसियामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १८ हजार १ सय ३५ पुगेको छ । बितेको २४ घण्टामा ५ हजार २ सय १८ जनामा कोरोना पुष्टि भएको र १ सय ४२ जनाको कोरोनाको कारण ज्यान गएको छ । हालसम्म १० लाख ४१ हजार ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने संक्रमितमध्ये ८ लाख ५६ हजार ४ सय ५८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये २ हजार ३ सय जनाको अवस्था गम्भीर रहेको छ ।

पेरुमा हालसम्म ३० हजार १ सय २३ जनाको कोरोनाको कारण ज्यान गएको छ । त्यस्तै ६ लाख ९६ हजार १ सय ९० जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै हालसम्म ५ लाख २९ हजार ७ सय ५१ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १ हजार ४ सय ९९ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?