काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सन् २०२१ को नोबेल शान्ती पुरस्कारका लागि नोमिनेट भएका छन् ।
इजरायल र यूएईको बीचमा ऐतिहासिक शान्ति वार्ता गरेकोलाई लिएर ट्रम्पलाई नोमिनेट गरिएको हो ।
अमेरिकी मिडियाका अनुसार, नर्वेका सांसदको क्रिश्चियन ताइब्रिंगको तर्फबाट ट्रम्पलाई यो अवार्डको लागि नोमिनेट गरिएको हो । उनीहरुले लगातार ट्रम्पको प्रशंसा गरेका थिए ।
ट्रम्पले शान्ति स्थापनाको लागि विश्वमा धेरै कोशिष गरेको उनीहरुको दाबी छ ।
— Fox News (@FoxNews) September 9, 2020
फक्स न्यूजको अनुसार टाइब्रिंगले डोनाल्ड ट्रम्पले दुई देशकोबीचमा भईरहेको दुश्मनीलाई हटाएर शान्ति स्थापना गरेका थिए ।
जो कुनै पनि शान्ति पुरस्कारको लागि काफी हुन्छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया