कहिले आउला कोरोनाविरुद्धको सफल भ्याक्सीन ?

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

COVID Vaccine

कोरोना भाइरसका कारण अहिले हरेक दिन हजारौँ मानिसहरुको मृत्यु भईरहेको छ भने लाखौँ मानिसहरु संक्रमित बनेका छन् ।

Donald Trump

वैज्ञानिकहरु कोरोना भाइरसविरुद्धको भ्याक्सीन बनाउन अहोरात्र खटिएका छन् । तर पूर्ण रुपमा सफलता भने हात लाग्न सकेको छैन ।

COVID

चीनको वुहान शहरमा गत वर्षको डिसेम्बर अन्तिम साता देखिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म आईपुग्दा विश्वका २१५ वटा देशहरुमा फैलिसकेको छ ।

Donald Trump

यसैबीच अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अक्सफोर्डको कोरोनाविरुद्धको भ्याक्सीनको ट्रायल स्थगित गरेपछि पनि भ्याक्सीन केहि हप्तामै आउने बताएका छन् ।

COVID Vaccine

केहि हप्त तयार हुन लाग्ने र त्यसपछि उपलब्ध हुने उनले बताएका हुन् । अमेरिकामा कोरोना भ्याक्सीनको अन्तिम चरणको ट्रायलमा मोर्डना र फाइजर रहेका छन् ।

साथै ट्रम्प अमेरिकामा नोभेम्बरमा हुने राष्ट्रपतिको चुनाव भन्दा पहिला कोरोना विरुद्धको भ्याक्सीन लञ्च गर्ने तयारीमा छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?