काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।
कोरोना भाइरसका कारण अहिले दिनदिनै हजारौँको संख्यामा कोरोना संक्रमितको मृत्यु भएको छ भने लाखौँ मानिसहरु संक्रमित भईरहेका छन् ।
वैज्ञानिकहरु कोरोनाविरुद्धको भ्याक्सीन बनाउन लागिपरेका छन् । तर पूर्ण सफलता भने हात र्पा सकेका छैनन् ।
गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा पहिलो पटक देखिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म विश्वका २१५ वटा देशहरुमा पुगिसकेको छ ।
यसैबीच अमेरिकामा एक अनौठो घटना भएको छ ।अमेरिकामा ५७ वर्षको रोबर्ट लारा नामक व्यक्ति कोरोनाबाट संक्रमित भएपछि महिनौँसम्म कोमामा रहे ।
साथै ८५ दिनसम्म भेन्टिलेटरमा रहे । यति लामो समयपछि उनी बिस्तारै बिस्तारै रिकोभरी हुँदै छन् । उनी अब हिँड्न र खाना खान कोशिस गरिरहेका छन् ।
उनको उपचार लूसियानको वेस्ट जेफरसन मेडिकल सेन्टरमा चलिरहेको छ । अस्पतालका प्रशासनका अनुसार जब जब सुधार हुँदै जान्छ, उनलाई डिस्चार्ज गरिनेछ ।
उनी ४ महिना पहिला खोकी लागेर अस्पतालमा भर्ना भएका थिए । रोबर्टकी पत्नी बर्डी लारा एक रेस्पीरेट्री थेरापिस्ट हुन् । उनी भन्छिन्, रोबर्टको एउटा फोक्सो यो समयावधिमा ड्यामेज भएको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया