रियाको पर्खाईमा बलिउड : डाइरेक्टरले प्रकट गरे रियासँग काम गर्ने इच्छा

काठमाडौं । बलिउड अभिनेत्री रिया चक्रवर्तीलाई गिरफ्तार गरेपछि केहि सेलेब्रेटीहरुले उनको समर्थनमा बोल्न थालेका छन् ।

अब बलउिड डाइरेक्टर नखिल द्विवेदीले रियाका लागि केहि ट्वीट गरेका छन् । उनले रियाको साथमा आफूले फिल्ममा काम गर्न चाहेको बताएका छन् ।

उनले सामाजिक सञ्जालमा ट्वीटरमा लेखेका छन्, ‘रिया म तिमीलाई जान्दिन, मलाई यो पनि थाहा छैन कि, तिमी कस्तो प्रकारको मानिस हौ, सायदै तिमीलाई देखाइएको नराम्रो जति तिमी छैनौ होला, म भन्छु, तिम्रो लागि भएको यो सबै अनफेयर हो, तर हामी तिमीसँग काम गर्न चाहान्छौँ, हामी तिम्रो पर्खाईमा छौँ ।’

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?