यी ५ देशमा छन् विश्वकै सबै भन्दा धेरै कोरोना संक्रमित

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण यो समाचार तयार पार्दासम्म ८ लाख ९९ हजार १ सय ७२ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका २ करोड ७६ लाख ३९ हजार २ सय ६३ जनामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म विश्वभरबाट १ करोड ९७ लाख ११ हजार ८ सय ५३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६० हजार ३ सय ७७ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ९३ हजार ६ सय ९९ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा १० हजार १ सय ६३ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ६४ लाख ९५ हजार ७ सय ३८ पुगेको छ । हालसम्म ३७ लाख ६७ हजार ७ सय ५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १४ हजार ५ सय ८१ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र १ सय ६५ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

त्यस्तै छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ७३ हजार ८ सय ९४ पुगेको छ । बितेको २४ घण्टामा ६ हजार २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ४३ लाख ६३ हजार ८ सय ४३ पुगेको छ । हालसम्म ३३ लाख ९३ हजार ५ सय ६६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण १ हजार ७ जनाको ज्यान गएको र संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै ब्राजिलमा बितेको २४ घण्टामा २ हजार ५ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमित संख्या ४१ लाख ५० हजार ३ सय ११ पुगेको छ । हालसम्म ब्राजिलमा कोरोनाको कारण १ लाख २७ हजार ४ जनाको ज्यान गएको छ । वल्डोमिटरको तथ्यांक अनुसार ३३ लाख ५५ हजार ५ सय ६४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ८ हजार ३ सय १ जनाको अवस्था गम्भीर रहेको छ । त्यस्तै बितेको २४ घण्टामा कोरोनाको कारण ८३ जनाको ज्यान गएको छ ।

त्यस्तै रसियामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १७ हजार ९ सय ९३ पुगेको छ । बितेको २४ घण्टामा ५ हजार ९९ जनामा कोरोना पुष्टि भएको र १ सय २२ जनाको कोरोनाको कारण ज्यान गएको छ । हालसम्म १० लाख ३५ हजार ७ सय ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने संक्रमितमध्ये ८ लाख ५० हजार ४९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये २ हजार ३ सय जनाको अवस्था गम्भीर रहेको छ ।

पेरुमा हालसम्म पेरुमा २९ हजार ९ सय ७६ जनाको कोरोनाको कारण ज्यान गएको छ । त्यस्तै ६ लाख ९१ हजार ५ सय ७५ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै हालसम्म ५ लाख २२ हजार २ सय ५१ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १ हजार ४ सय ८८ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?