‘दोश्रो महामारीसँग लड्न तयार रहनूस्’ भन्दै ‘डब्ल्यूएचओ’ले दियो चेतावनी

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

कोरोना भाइरसका कारण हरेक दिन हजारौँका संख्यामा मानिसहरुको मृत्यु भएको छ भने लाखौँ मानिसहरुलाई कोरोना संक्रमण भएको छ ।

वैज्ञानिकहरु अहोरात्र खटिए पनि अहिलेसम्म कुनै ठूलो उपलब्धि भईसकेको छैन ।

चीनको वुहान शहरमा गत वर्षको डिसेम्बर अन्तिम साता पहिलोपटक देखिएको कोरोनाको संक्रमण विश्वका २१५ वटा देशहरुमा फैलिसकेको छ ।

यसैबी विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले एक चेतावनी जारी गरेको छ ।

डब्ल्यूएचओका महानिर्देशक डाक्टर टेड्रोस अधोनम घेब्रेयेससले सोमवार साँझ मानिसहरु अब दोश्रो महामारीसँग लड्नको लागि तयार रहनुपर्ने बताएका छन् ।

मानिसले महामारी भन्दा पहिला स्वास्थ्य सेवामा पैसा बचत गरेर राख्न आवश्यक रहेको बताएका छन् । नत्र कोरोनाको जस्तो हालत बन्ने उनले बताएका छन् ।

उनले जेनेभामा भएको एक प्रेस ब्रिफिङमा महामारीका कारण विश्वमा कोरोनाको महामारी झनै बढीरहेको बताएका छन् ।

उनले यो कुनै अन्तिम महामारी नभएको र अर्को महामारीको लागि हामीले तयार रहनुपर्ने बताएका हुन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?