काठमाडौँ , २३ फागुन – पूर्वजनमुक्ति सेनाका कमाण्डर जीवन कुमार बिकले आर्थिक अभावका कारण श्रीमतीको ज्यान लागेको भन्दै सहयोगको लागि आग्रह गरेका छन् ।अछामको पञ्चदेव विनायक नगरपालिका–७ स्थायी घर भएका बिकले उपचारको लागि श्रीमतीलाई काठमाडौँ आएका छन् तर आर्थिक जुटाउन नसक्दा उपचार हुन सकेको छैन । बिककी श्रीमती धनसरा बिक ढाडसँग सम्बन्धित रोगबाट थला परेकी छन् ।काठमाडौँको ट्रमा सेन्टरमा उपचारको लागि भर्ना भएपनि आवश्यक खर्चको जोहो गर्न नसक्दा अस्पतालले बाहिर निकालि दिएको बिकले भने । उपचार सहयोगको लागि सबैतिर धाएपनि आवश्यक कतैबाट नजुटेको बिकले बताए ।“म विगत तीन महिनादेखि श्रीमतीको उपचारको लागि काठमाडौँमा भौतारिहरेको छु । तरपनि उपचार गर्न सकेको छैन । उपचारको लागि सहयोग सबैसँग अपेक्षा गरेको छु” बिकले भने ।अस्पतालले धनसराको ढाडको अप्रेशन गर्नुपर्ने त्यसको लागि तीन लाख रकम आवश्यक भएको बताएको छ ।कलिलो उमेरमा २०५८ सालमा जनयुद्धमा पूर्णकालिन रुपमा लागेका बिक तत्कालिन जनमुक्ति सेनाको सात नम्बर डिभिजनमा रहेर काम गरेका थिए । बिकले सेना समायोजनामा अवकाशमा रोजेका थिए ।सहयोग गर्न चाहनेहरुले फोन नम्बर ९८४८४८५५२४ मा सम्पर्क गर्न सकिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया