काठमाडौं । एका तिर कोरोना भाइरसको महामारीसँग सारा विश्व लडिरहेको छ भने अर्कोतिर चीन सैन्य अभ्यासमा मस्त छ ।

चीनले हालै मात्र उत्तर पूर्वी तटीय क्षेत्रमा आफ्नो सैन्य अभ्यास शुरु गरेको छ ।

चीनको सरकारी पिपुल्स लिबरेसन आर्मीका तीन भागका सेना, नौसेना र वायुसेनालाई मिलिट्री डिल गर्ने अनुमति दिइएको छ । चीनले सोमवार जियांग्शु र हेबेईको प्रान्तमा र समुन्द्री तटमा सैन्य अभ्यास शुरु गरिसकेको छ ।

चीनले विभिन्न क्षेत्रमा आफ्नो सैन्य शक्तिको प्रदर्शन गरेर विश्वलाई आफ्नो शक्ति देखाएको कतिपयले विश्लेषण गरिरहेका छन् ।

चीनले गएको महिनामा मात्र चार फरक फरक ठाउँमा सैन्य अभ्यास गर्ने घोषणा गरेको थियो । यो अभ्इास बोहाईदेखि दक्षिण चीन सागरसम्म रहेको छ ।

चीनले मियाकोजिमा द्वीपमा आफ्ना ३४० सैनिक र मिसाइल तैनाथ गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । चीनले ११ अप्रिलमा सारा विश्वको साम्ने आफ्नो शक्तिको प्रदर्शन गरिएको थियो ।




एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया