काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

कोरोना भाइरसका कारण अहिले सारा विश्वमा निको हजारौँ मानिसहरु मरिरहेका छन् भने लाखौँ मानिसहरु संक्रमित बनिरहेका छन् ।

गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा पहिलो पटक देखिएको कोरोना भाइरसको महामारी अहिलेसम्म आईपुग्दा विश्वका २१५ वटा देशहरुमा फैलिसकेको छ ।

वैज्ञानिकहरु अहोरात्र कोरोना विरुद्धको भ्याक्सीन बनाउन खटिए पनि अहिलेसम्म पूर्ण सफलता हात पार्न सकेका छैनन् ।

यसैबीच चीनले आफ्नो कोरोना विरुद्धको भ्याक्सीनको पूरा ट्रायल नगरिसकि कनै आफ्ना कर्मचारीहरुमा खोप लगाएको छ ।

चीनको सिनोभ्याक बायोटिक कम्पनीले पनि आफ्नो भ्याक्सीनको ट्रयाल जारी राखेको छ ।

कम्पनीका चीफ एक्जीक्यूटिभका अनुसार सिनोभ्याकले लगभग ९० प्रतिशत कर्मचारी र उनीहरुका परिवारले कोरोना भाइरसको यो प्रायोगिक भ्याक्सीन लगाएको बताएको छ ।

जुलाईमा लञ्च गरिएको यो भ्याक्सीन इमर्जेन्सी प्रोग्रामको रुपमा दिईरहेको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया