कोरोनाको प्रकोप : अमेरिकामा घट्न थाले मृतक र संक्रमित

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्इाप्त छ ।

कोरोना भाइरसका कारण अहिले विश्वमा ८ लाख ८७ हजार ५४९ जनाको मृत्यु भएको छ भने २ करोड ७२ लाख ८८ हजार ५८६ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै १ करोड ९३ लाख ७० हजार ८५८ जना संक्रमण मुक्त भएका छन् भने ५९ हजार ९६२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच अमेरिकामा कोरोना भाइरसका कारण अहिलेसम्म १ लाख ९३ हजार २५० जनाको मृत्यु भएको छ भने ६४ लाख ६० हजार २५० जनालाई संक्रमण भएको छ ।

त्यस्तै ३७ लाख २५ हजार ९७० जना संक्रमण मुक्त भएका छन् भने २५ लाख ४१ हजार ३० जना उपचाररत छन् । त्यस्तै १४ हजार ६८१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै क्यालिफोर्नियामा १३ हजार ७३० जनाको मृत्यु भएको छ भने ७ लाख ३९ हजार १५४ जनालाई संक्रमण भएको छ ।

त्यस्तै टेक्सासमा ६ लाख ६७ हजार ६५० जनालाई संक्रमण भएको छ भने १३ हजार ७७७ जनाको मृत्यु भएको छ ।

त्यस्तै फ्लोरिडामा ११ लाख ८५४ जनाको मृत्यु भएको छ भने ६ लाख ४६ हजार ४३१ जनालाई संक्रमण भएको छ ।

अमेरिकामा आईतवार मात्रै ३१ हजार ११० जनालाई संक्रमण भएको छ भने ४३२ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?