कोरोनाको कारण थप ९ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जनाको कोरोनाको कारण मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या २ सय ८९ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । आज मृत्यु हुनेमध्ये २ जना महिला र ७ जना पुरुषहरु रहेका छन् । मृत्यु हुने महिलाहरुमा मोरङकी ६४ वर्षीया, झापाकी ४५ वर्षीया रहेका छन् । भने मृत्यु हुने पुरुषहरुमा मोरङका ४५ वर्षीय, पर्साका ७७ वर्षीय, धनुषाका ३७ वर्षीय, काठमाडौंका ३ जना ७४, ६८ र ८५ वर्षीय साथै चितवनका ७० वर्षीय रहेका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ९८० जनामा कोरोना संक्रमण पुष्टि भएको र १८१४ जना कोरोना मुक्त भएको मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिए । त्यस्तै काठमाडौं उपत्यकामा मात्र आज थप ३५४ जनामा कोरोना पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?