नेपाली काँग्रेसभित्र आगामी फागुन ७ देखि हुने भनिएको १४औँ महाधिवेशनलाई एकीकृत भएर सम्पन्न गराउनेभन्दा क्रियाशील सदस्यता लगायतका विषयमा आपसी आरोप–प्रत्यारोप गरेर महाधिवेशन सार्ने खेल सुरु भएको छ ।
सभापति शेरबहादुर देउवाले विवादका बीच धमाधम पार्टीका विभाग गठन गर्दै आउनुभएको छ । ‘सभापतिका उम्मेदवार हुँ’ भनेर दाबी गर्ने वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि र महामन्त्री डा. शशाङ्क कोइरालाका फरक फरक भनाइले पनि महाधिवेशन सार्ने खेल सुरु भएको सङ्केत गर्छ ।
कोरोनाका कारण देशभर बन्दाबन्दी र निषेधाज्ञा घोषणा भएको छ तर कोभिड सुरु हुनुभन्दा अगाडि सक्ने कार्यतालिका भएका कार्य पनि अहिलेसम्म अलपत्र छन् । तत्कालीन फोरम लोकतान्त्रिकसँग २०७४ असोज २८ गते सहमति भए पनि अहिलेसम्म एकता प्रक्रिया टुङ्गोमा पुगेको छैन । समायोजन तोकिएको समयमा पूरा नहुनु र समायोजन नभई क्रियाशील सदस्यता वितरणको प्रक्रिया नै सुरु नहुने समस्या छँदैछ । नयाँ क्रियाशील सदस्यता वितरण शतप्रतिशत बढाउने सहमति पदाधिकारी बैठकले गरे पनि केन्द्रीय कार्यसमितिको बैठक अझै बस्न सकेको छैन । गोरखापत्रमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया