काठमाडौं । कोरोना संक्रमणको हिसावले भारत विश्वको दोस्रो स्थानमा रहेको छ । ब्राजिललाई उन्छिन्दै भारत दोस्रो स्थानमा आएको हो । यो समाचार तयार पार्दासम्म भारतमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ७० हजार ६ सय ४० पुगेको छ । बितेको २४ घण्टामा ८६ हजार ३ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ४१ लाख ६ हजार ५ सय ८६ पुगेको छ । हालसम्म ३१ लाख ७४ हजार ७ सय ८६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण १ हजार ५ जनाको ज्यान गएको र संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।
यो समाचार तयार पार्दासम्म कोरोना भाइरस ९कोभिड १९० को कारण विश्वभर ८ लाख ८१ हजार ३ सय ४७ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका २ करोड ६९ लाख ४९ हजार ७८ जनामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म विश्वभरबाट १ करोड ९० लाख ४१ हजार ४ सय ४५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६० हजार ९ सय १ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया