मोरङ, २३ फागुन – मोरङको बेलबारी–९ का रामबहादुर कार्कीको घरमा गएराति आगलागी हुँदा रु १५ लाख बराबरको क्षति भएको छ ।आगोले कार्कीको एक तले घर, घरभित्र भएको एक लाख नगद, सुन चाँदीका गहनासमेत जल्दा रु १५ लाख बराबरको क्षति भएको हो । आगोलाई स्थानीयवासी र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो । आगलागीको कारणबारे खुल्न नसकेको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया