काठमाडौं । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा थप ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार इलाममा १, उदयपुरमा ३, ओखलढुंगामा २, झापामा ७, मोरङमा ३५ र सुनसरीमा २० जना जनामा कोरोना पुष्टि भएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा कोरोनाको कारण थप १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङकी ४३ वर्षीया महिला रहेकी छिन् ।
पछिल्लो समय देशभर कोरोना संक्रमणको दर बढिरहेको छ । आज मात्र देशभर १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ४५ हजार २ सय ७७ पुगेको छ । हालसम्म कुल संक्रमितको ६० प्रतिशत अर्थात २७ हजार १ सय २७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने पछिल्लो २४ घण्टामा मात्र १ हजार ५ सय ६६ जनामा कोरोना संक्रमण मुक्त भएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया