६० प्रतिशत कोरोना संक्रमित निको हुँदा मृत्यु हुनेको संख्या २८० पुग्यो

काठमाडौं । नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र नेपालमा कोरोनाको कारण थप ९ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

मृत्यु भएकामध्ये ३ जना महिला र ६ जना पुरुष रहेका छन् । मृत्यु हुने महिलाहरुमा मोरङकी ४३ वर्षीया, मकवानपुरकी ५२ वर्षीया र नवलपरासीकी ३७ वर्षकी महिला रहेकी प्रवक्ता डा गौतमले जानकारी दिए ।

त्यस्तै मृत्यु हुने पुरुषहरुमा पर्साको ७५ वर्षीय, महोत्तरीको ७८ वर्षीय, काठमाडौंको ४१ वर्षीय, ५९ वर्षीय र ६० वर्षीय साथै रुपन्देहीका ४० वर्षीय पुरुष गरी ६ जना रहेका छन् ।

बितेको २४ घण्टामा नेपालमा १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ४५ हजार २ सय ७७ पुगेको छ । हाल नेपालमा १७ हजार ८ सय ७० जना सक्रिय संक्रमित रहेका छन् ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौंमा ३६२ जना, भक्तपुरमा ४५ जना र ललितपुरमा ३७ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो समय काठमाडौं उपत्यका लगायत देशभरी नै कोरोना संक्रमितको संख्या बढिरहेको छ । हालसम्म नेपालमा कुल संक्रमितमध्ये ६० प्रतिशत अर्थात २७ हजार १ सय २७ जना कोरोना निको भइ घर फर्किएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?