काठमाडौं । नेपालमा आज (शनिवार) १ हजार ४१ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४५ हजार २७७ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा १ हजार ४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।
त्यस्तै नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण २८० जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा थप १ हजार ५६६ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या २७ हजार १२७ पुगेको छ । नेपालमा कुल संक्रमित मध्ये ६० प्रतिशत कोरोना संक्रमण मुक्त भएका छन् ।
काठमाडौं उपत्यकाका ४०८ सहित नेपालमा पछिल्लो २४ घण्टामा थपिए १ हजार ४१ जना कोरोना संक्रमित थपिएका छन् ।
हाल नेपालमा भेन्टिलेटरमा २४ जनाको उपचार भईरहेको छ भने १६७ जनाको आईसियुमा राखेर उपचार भईरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
हाल नेपालमा सक्रिय संक्रमित अर्थात् ‘एक्टिभ केस’ को संख्या १७ हजार ८ सय ७० जना रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार संस्थागत आईसोलेसनमा बस्नेको संख्या ९ हजार ८ सय ६६ जना र होम आईसोलेसनमा बस्नेको संख्या ८ हजार ४ जना रहेको छ ।
नेपालमा हिजो (शुक्रवार) १ हजार ३५९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया