वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंसा गरेका छन्। भारतीय प्रधानमन्त्री मोदी आफ्नो साथी भएको र उहाँले राम्रो काम गरिरहेको उल्लेख ट्रम्पले गरेका छन् ।
स्थानीय समयानुसार शुक्रवार उनले भने, “प्रधानमन्त्री नरेन्द्र मोदी मेरो साथी हुनुहन्छ, उहाँले धेरै राम्रो काम गरिरहनु भएको छ । उहाँ धेरै राम्रो नेता हुनुहुन्छ ।” ट्रम्पले अहिले काम गर्न धेरै गाह्रो भएको बताउँदै यस्तो बेलामा पनि मोदीले जे गरिरहेका छन्, त्यो धेरै राम्रो भएको दाबी गरे ।
पत्रकार सम्मेलनमा बोल्ने क्रममा राष्ट्रपति ट्रम्पले आफ्नो दुई दिने भारत भ्रमणको प्रशंग समेत जोड्दै मोदीको थप प्रशंसा गरे । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया