काठमाडौं । भारतको गुजरातस्थित दाहोदमा आर्थिक समस्याका कारण एक परिवारले सामूहिक आत्महत्या गरेका छन् ।
तीन बच्चा र आमा बुवासहित पाँच जना रहेको परिवारमा आर्थिक समस्याले गर्दा एकैपटक सामूहिक विष सेवन गरेर आत्महत्या गरेको बताइएको छ ।
जसका कारण अहिले सनसनी मच्चिएको छ । यो घटना शुक्रवारको रहेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
उक्त इलाकामा बस्ने सैफीभाई दुधियावालाले आफ्नी श्रीमती तीन बच्चा वर्ष १६, १४ र ७ का छोराछोरीसँगै विष सेवन गरेर आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । अहिले घटना बारे अनुसन्धान भईरहेको बताइएको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया