काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।
कोरोना भाइरसका कारण अरेक दिन जसो नै हजारौँ मानिसहरुको मृत्यु भएको छ भने लाखौँ मानिसहरु संक्रमित भएका छन् ।
गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा पहिलो पटक देखिएको कोरोना भाइरसको महामारी अहिलेसम्म नेपालसहित विश्वका २१५ वटा देशहरुमा फैलिसकेको छ ।
वैज्ञानिकहरु कोरोना भाइरसविरुद्धको भ्याक्सीन बनाउन अहोरात्र खटिएका छन् तर पूर्ण रुपमा सफलता भने हात लाग्न सकेको छैन ।

रुस र चीनले कोरोना भाइरसविरुद्धको भ्याक्सीन बनाईसकेको बताएका छन । तर उनीहरुको भ्याक्सीनको ट्रायल अन्तिम चरणको बाँकी नै रहेकोले डब्ल्यूएचओले यसलाई मान्यता दिएको छैन ।
यसैबीच विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले एक ताजा बयान जारी गरेको छ । जसका कारण सारा विश्वमै खैलाबैला मच्चिएको छ ।
विश्व स्वास्थ्य संगठनले सन् २०२१ को मध्यसम्ममा वृहत स्तरमा कोरोना भाइरसविरुद्धको कुनै खोप नआउने बताएको हो ।
अहिलेसम्म कुनै पनि भ्याक्सीन कोरोना विरुद्धको प्रभावशाली नठहरिएकोले अर्को वर्षको मध्यावदीसम्म केहि भन्न नसकिने बताएको हो ।
डब्ल्यूएचओकी प्रवक्ता मार्गरेट ह्यारिसले कोरोना भ्याक्सीनको प्रभाव र सुरक्षालाई हेरेर मात्र प्रयोग गरिने बताएकी छन् ।
अहिले विभिन्न कम्पनीका भ्याक्सीनहरु परीक्षणको अन्तिम चरणको ट्रायलमा छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया