काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा व्याप्त छ ।
कोरोना भाइरसका कारण अहिलेसम्म विश्वमा अहिलेसम्म ८ लाख ७८ हजार ८०६ जनको मृत्यु भएको छ भने २ करोड ६७ लाख ८४ हजार ८३२ जनालाई कोरोना संक्रमण भएको छ ।
त्यस्तै १ करोड ८८ लाख ९५ हजार ३९१ जना कोरोना संक्रमण मुक्त भएका छन् भने विश्वमा ६० हजार ९८५ जनाको स्वास्थ्य गम्भीर रहेको छ ।
यसैबीच भारतमा कोरोना भाइरसका कारण अहिलेसम्म ४० लाख २० हजार २३९ जनालाई संक्रमण भएको छ भने ६९ हजार ६३५ जनाको मृत्यु भएको छ ।
त्यस्तै ३१ लाख ४ हजार ५१२ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ८ लाख ४६ हजार ९२ जना उपचाररत छन् ।
त्यस्तै ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । भारतमा शुक्रवार हालसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित थपिएका छन् ।
भारतमा शुक्रवार मात्रै ८७ हजार ११५ जनालाई संक्रमण भएको छ भने १ हजार ६६ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया