इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले साउन ४ गते सिंहदरबारमा ५ सय ८ जनाको स्वाब लिएर परीक्षण गर्दा दुई जना ट्राफिक प्रहरीलाई कोरोना पोजिटिभ देखिएको थियो ।
असार तेस्रो साता उपत्यकाका १२ स्थानमा ५ हजार जनाको स्वाब परीक्षण गर्दा तीन जनालाई मात्रै कोरोना पोजिटिभ देखियो । अर्थात् स्वाब परीक्षण गरेकामा पोजिटिभ देखिने दर १ प्रतिशत पनि थिएन । तर अहिलेको स्थिति निकै भिन्न भइसकेको छ ।
बूढानीलकण्ठ नगरपालिका क्षेत्रमा भदौ ९ मा ५ सय १९ जनाको स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्दा ६० जना (११.५६ प्रतिशत) लाई कोरोना देखियो ।
कान्तिपुर दैनिकका अनुसार उपत्यकाका यी स्थान हटस्पटका रुपमा देखिएका छन् ।
काठमाडौं– बालाजु, महाराजगन्ज, कोटेश्वर, बूढानीलकण्ठ
भक्तपुर– गठ्ठाघर, कौशलटार
ललितपुर– मंगलबजार, कुपन्डोल,
सानेपा, च्यासल, गाःबहाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया