ललितपुर महानगर क्षेत्रमा भोलिदेखि २६ गतेसम्म ५ जना बढी भेला हुन नपाइने (आदेशसहित)

काठमाडौं । रातो मच्छिन्द्रनाथको रथ तान्ने नाममा झडप हुनसक्ने खतरालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय ललितपुरले ललितपुर महानगरपालिका क्षेत्रभित्र ५ जना भन्दा बढी मानिस भेला हुन् पाउने गरी आदेश जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले शुक्रबार एक आदेश जारी गर्दै बिहन ५ बजेदेखि बेलुका १० बजेसम्म भेला हुन रोक लगाइएको बताएका छन् । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) बमोजिम आदेश जारी गरिएको छ। बिहीबार मच्छिन्द्रनाथको रथ तान्ने क्रममा झडप भएपछि शुक्रबार कर्फ्यू ओदश भएको थियो ।

नयाँ नियमअनुसार शनिबारदेखि २६ गतेसम्म रातो मच्छिन्द्रनाथ रहेको आसपास क्षेत्र पूर्वमा मदनस्मारक स्कुल अगाडिदेखि चोक, पश्चिममा महानगरपालिकाको कार्यालय, दक्षिणमा सेन्ट जेभियर्स स्कुल अगाडिको चोक र उत्तरमा बखुण्डोल चोक को सीमा तोकेर ५ जना बढी भेला हुन नपाइने भनिएको छ ।

यस्तै मीन नाथको रथ रहेको आसपास क्षेत्रमा पनि सोही नियम लागू गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?