काठमाडौँ, २३ फागुन- पाकिस्तानी सरकारी सञ्चारमाध्यमले प्रम केपी ओली र पाकिस्तानका प्रधानमन्त्री सहिद खकान अब्बासीबीच सोमबार भएको एक घन्टा लामो वार्तामा भारतशासित कास्मिर र त्यहाँ मानवअधिकार उल्लंघन भनिएको विषयमा छलफल भएको जिकिर गरेको छ, नयाँ पत्रिकामा खबर छ ।‘दुई नेताबीच कास्मिर इस्यु तथा भारतशासित जम्मु–कास्मिरमा भएको मानवअधिकार उल्लंघनको विषयमा छलफल भएको छ,’ एपिपीले लेखेको छ । तर, परराष्ट्रका अधिकारीले पाकिस्तानका प्रधानमन्त्रीले विषय उठान गरेको, तर नेपालका तर्फबाट यसमा कुनै जवाफ नदिइएको बताए । ‘कास्मिरका विषयमा हामीले छलफल गरेका होइनौँ, त्यसमा नेपाल मुछिन चाहँदैन,’ परराष्ट्रका एक अधिकारीले नयाँ भने, ‘शान्तिपूर्ण वार्ता र संवादका माध्यमबाट समस्या समाधान हुनुपर्छ भन्ने हाम्रो स्पष्ट मान्यता छ ।’ पाकिस्तानी सञ्चारमाध्यमले प्रचण्डसँगको भेटमा पनि कास्मिरबारे छलफल भएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया