काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्व्मा नै व्याप्त छ ।
कोरोना भाइरसका कारण हरेक दिन हजारौँ जनाको मृत्यु भईरहेको छ भने लाखौँ मानिसहरु यसबाट संक्रमित भएका छन् ।
यसैबीच वैज्ञानिकहरु कोरोना भाइरसविरुद्धको भ्याक्सीन बनाउन अहोरात्र खटिएका छन् । तर पूर्ण सफलता भने हात पर्न सकेको छैन ।
सारा मानिसहरु कोरोना भाइरसविरुद्धको भ्याक्सीनको पर्खाईमा रहेका छन् । केहि देशहरुले त कोरोना भाइरसविरुद्धको भ्याक्सीन लञ्च गरिसकेका छन् ।
रुस र चीनले कोरोनाविरुद्धको भ्याक्सीन लञ्च गरिसकेका छन् । यसैबीच विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) सह नेतृत्व वाला वैश्विक कोरोना भ्याक्सीन आवन्टन योजनामा सामेल हुनका लागि विश्वका ७६ वटा देशले सहभागीता जनाउने बताएका छन् ।
जीएभीआई भ्याक्सीन गठबन्धनका मुख्य कार्यकारी अध्यक्ष सेठ बर्कले एक बयानमा कोरोना भ्याक्सीन किन्न र वितरण गर्नको लागि बनेको यो समन्वित योजनाको रुपमा चिनिने बताएका छन् । यस योजनामा अहिलेसम्म जापान, जर्मनी, नर्वेसहित ७६ देशहरु रहेको बताइएको छ । एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया