एकाविहानै गयो भूकम्प

काठमाडौं । आज बिहान संखुवासभा केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । आज बिहान ७ बजेर २० मिनेटमा ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको हो ।

संखुवासभाको मकालु बरुण राष्ट्रिय निकुञ्ज, ताम्कु र पाथिभरा आसपास केन्द्रबिन्दू भएर भूकम्प गएको बताईएको छ ।

भूकम्पको झड्का छिमेकी जिल्लाहरुमा समेत महशुस गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?