पराजयको ३३ महिनापछि सांसद पद उपहार

२०७४ मंसिरको चुनावमा बर्दिया–१ बाट पराजित भएयता प्रतिनिधिसभा सदस्य बन्न बारम्बार प्रयास गरेका नेकपा उपाध्यक्ष वामदेव गौतम ३३ महिनापछि मनोनीत कोटामा सांसद बनेर संघीय संसद् छिर्ने भएका छन् ।
निर्वाचन हारे पनि सांसद र मन्त्री बन्ने नेपाली राजनीतिभित्र वर्षौंदेखि हुर्किइरहेको विकृतिको शृंखलामा फेरि नयाँ अध्याय थपिन लागेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार बसेको सचिवालय बैठकमा गत फागुन १४ गतेको निर्णय कार्यान्वयन गर्ने बताएसँगै केही दिनमा गौतमले राष्ट्रिय सभाको यात्रा गर्ने निश्चित भएको छ । गौतमलाई राष्ट्रिय सभा सदस्य मनोनयनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्न मन्त्रिपरिषद्को बैठक शुक्रबार बिहान ११ बजे बस्दै छ । यही बैठक अर्थमन्त्री युवराज खतिवडाका लागि भने अन्तिम हुनेछ ।कान्तिपुरमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?