काठमाडौं । कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा एकै दिन दुई जनाको मृत्यु भएको छ।
कोरोना संक्रमणबाट मृत्यु हुने नवलपुर र पोखराका पुरुष संक्रमित रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । कोरोना संक्रमण भई मृत्यु हुने नवलपुर गैडाकोटका वडा नम्बर २ का ३७ वर्षिय पुरुष संक्रमितको चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।
उनी भदौ ९ गते अस्पताल भर्ना भएका थिए । अल्कोहलिक हेपाटाइटिस तथा एक्युट किड्नी डिजिजको समस्या लिएर अस्पताल भर्ना भएका उनको कोरोना जाँच गर्दा भदौ १० गते रिपोर्ट पोेजेटिभ आएको थियो । उनको दिउँसो मृत्यु भएको थियो ।
यस्तै, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्र्तगतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा आजै लेखनाथ अस्पतालबाट रिफर भएका पोखरा ६ का ३७ वर्षिय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । अस्पतालका निर्देशक डाक्टर अर्जुन आचार्यले उनको मृत्यु भएको पुष्टि गरें । अस्पतालको संक्रामक तथा सरुवा रोग अस्पतालमा मृत्यु हुने उनी आठौं संक्रमित हुन ।
पछिल्लो अपडेटअनुसार गण्डकीमा कोरोना संक्रमितको कुल संख्या २३१२ पुगेको छ । जसमध्ये १७६६ जनाले कोरोना जिति सकेका छन । यस्तै प्रदेशमा मृत्यु हुनेको कुल संख्या १८ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया