बेइजिङ । कोरोना भाइरसको महामारी शुरुवात भएको देश चीनको राजधानी बेइजिङमा बिहीवारदेखि अन्तर्राष्ट्रिय विमानहरु आउन थालेका छन् ।
बेइजिङमा रहेको मुख्य विमानस्थलमा बिहीबारदेखि सीमित संख्यामा अन्तर्राष्ट्रिय विमानहरु आउन थालेको अधिकारीहरुले जानकारी दिएका छन् ।
कोरोना भाइरसको महामारी फैलिन थालेपछि गत मार्चदेखि बन्द भएको विमानस्थलमा फेरि अन्तरदेशीय विमान सेवा शुरु भएको हो ।
कोरोनाभाइरसको खतरा कम देखिएको निश्कर्ष निकाल्दै अधिकारीहरुले विमान सेवा सूचारु गर्ने निर्णय गरेका हुन् ।
बिहीबार पहिलो दिनको अन्तर्राष्ट्रिय उडानमा कम्बोडिया, ग्रिस, डेनमार्क, थाइल्याण्ड, पाकिस्तान, अस्ट्रिया, क्यानाडा र स्विडेनबाट यात्रु आएका छन् ।
चीनमा आउन लागेकाहरुलाई विमान प्रवेश गर्नुअघि कोरोना भाइरसको संक्रमण नभएको प्रमाण पेस गर्नु पर्ने व्यवस्था पनि गरिएको छ ।
अहिले प्रारम्भिक तथा परीक्षण अवधि भएकाले दैनिक नियमित रुपमा पाँच सयको हाराहारीमा यात्रुहरु आउने व्यवस्था मिलाइएको स्थानीय एक अधिकारीले जानकारी दिए । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया