काठमाडौं । अमेरिकामा बाँदरको कमी भएपछि कोरोनाविरुद्धको भ्याक्सीन बनाउनमा समस्या पैदा भएको छ ।

अटलान्टिक म्यागजिमा छापिएको खबरका अनुसार अमेरिकी रिसर्चर्सले देशमा बाँदरको कमी भएकोले कोरोना भाइरसको भ्याक्सीन बनाउन ढिला हुने बताएको हो ।

रिपोर्टका अनुसार महामारीका कारण रिसर्चको लागि प्रयोग गरिने जनावरको कमी भएको छ ।

अमेरिकाको नेशनल प्राइमेट रिसर्च सेन्टरका अनुसार बायोमेडिकल रिसर्चका लागि सबेभन्दा धेरै रेसुस प्रजातीको बाँदरको प्रयोग गरिने बताइएको छ ।

क्यालिफोर्नियाको नेशनल प्राइमेट रिसर्च सेन्टरका कोइन भ्यान राम्पेले राष्ट्रिय स्तरमा बाँदरको भारी कमी भएको बताएका छन् ।

रिसर्च फर्म बायो इक्वलका सीईओ मार्क लेभिसले अब रेसुस प्रजातीको बाँदर नमिलेको र जसका कारण कोरोना भ्याक्सीन बन्न ढिला भएको बताएका छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया