काठमाडौं । अमेरिकाका राष्ट्रपति चुनावमा मेल भोटिङलाई लिएर अमेरिकाका राष्टठ्रपति डोनाल्ड ट्रम्प लगातार बिरोध गरिरहेका छन् ।
बुधवार उनले एक अनौठो सुझव दिएपछि चारैतिर मजाकको पात्र बनेका छन् ।
उनले बुधवार, नर्थ क्यारोलिनाका मानिसहरुले दुई पटक भोटिङ गर्न सक्ने र इलेक्शन सिस्टमको सिक्यारेटीको जाँच गर्न आवश्यक रहेको बताएका छन् । तर अमेरिकी राष्ट्रपतिको यो सुझाव गैरकानूनी रहेको छ ।
ट्रम्प भने यसमा भोटिङ सिस्टमको सही जाँच हुने बताएका छन् । सञ्चारमाध्यमहरुसँग कुराकानी गर्दै ब्यालेट भोटिङ र चुनावको दिन आफैँ गएर भोट हाल्न पनि बताएका छन् ।
ट्रम्पको यो सुझाव भने गैरकानूनी रहेको छ । ट्रम्पको यो सुझाव भने अन्य सहयोगीसँग चर्चा गरेपछि आएको बताइएको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया