नेपालले लिपुलेकमा भारतीय सेनाको गतिविधि निगरानी गर्न जासूसी राखेको भारतीय सञ्चारमाध्यमको दाबी

काठमाडौं । नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुरामा भारतीय सेनाको जासूसी गर्न आफ्नो जासूसी सेना खटाएको भारतीय सञ्चारमाध्यमहरले दाबी गरेका छन् ।

लिपुलेक यस्तो क्षेत्र हो, जहाँ नेपाल, चीन र भारत तीनवटा देशहरुको सीमा पर्दछ ।

केहि महिना यता भारतले नेपाललाई बिना जानकारी सडक निर्माण पछि उद्घाटन गरेको भन्दै नेपालले आपत्ति जनाउँदै आएको छ ।

त्यसपछि सीमा विवाद बढीरहेको छ । नेपालले उक्त क्षेत्रमा बटालियन तैनाथ गरेको भारतीय सञ्चारमाध्यमहरुको दाबी रहेको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार बितेको हप्ता मात्र प्रधानमन्त्री केपी ओलीको सरकारको गृहमन्त्रालयले सेनालाई एक आदेश दिएको छ ।

जसमा भारत र चीनको बीचमा जारी तनावलाई मध्यनजर गर्दै लिपुलेकको निगरानी गर्न आदेश दिइएको छ ।

त्यसपछि नेपाली आर्मीको ४४ औँ बटालियन तैनथ गरिएको भारतीय सञ्चारमाध्यमहरुको दाबी छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?