चीनलाई घेराबन्दी गर्ने सोचमा भारत रहेको भारतीय सञ्चारमाध्यमको दाबी !

काठमाडौं । कोरोना महामारीसँग लडिरहेको भारत र चीनबीचको सम्बन्ध अहिले चिसिँदै गएको छ ।

गत १५ जूनमा भएको हिंसात्मक झडप पछि त झनै चीन र भारतबीचको सम्बन्धमा दरार उत्पन्न भएको छ ।

गत १५ जूनमा चीन भारत सीमावर्ती क्षेत्र पूर्वी लद्दाखको गलवान घाटीमा भएको हिंसात्मक झडपमा २० भारतीय सैनिकको ज्यान गएको थियो ।

त्यसपछि फेरि त्यसको ७५ दिनमा लद्दाखमै भारत र चीनका सैनिकहरुको झडप भयो । जसमा १ भारतीय सैनिकले ज्यान गुमाएको भारतीय सञ्चारमाध्यमहरुले बताईरहेका छन् ।

यसैबीच यहि बेला भारतका रक्षामन्त्री राजनाथ सिंह रुसको तीन दिने भ्रमणमा निस्किएका छन् ।

उनले त्यहाँ थप हतियार खरिदको सम्झौता गर्ने भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

साथै हतियार किनेपछि भारतले चीनलाई घेर्ने योजना समेत बनाएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?