काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण यो समाचार तयार पार्दासम्म ८ लाख ६४ हजार ८८ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका २ करोड ६० लाख ७३ हजार ७ सय ९९ जनामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म विश्वभरबाट १ करोड ८३ लाख १७ हजार २ सय ६८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६० हजार ६ सय ३० जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ८९ हजार २ सय ७९ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा १४ हजार ६ सय ८६ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ६२ लाख २७ हजार २ सय ५७ पुगेको छ । हालसम्म ३५ लाख ६ हजार ७ सय ५१ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १५ हजार ८८ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र ३ सय ७९ जनाको कोरोनाको कारण ज्यान गएको छ ।
त्यस्तै ब्राजिलमा बितेको २४ घण्टामा ८ हजार ७ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमित संख्या ३९ लाख ६१ हजार ५ सय २ पुगेको छ । हालसम्म ब्राजिलमा कोरोनाको कारण १ लाख २२ हजार ९ सय ४१ जनाको ज्यान गएको छ । वल्डोमिटरको तथ्यांक अनुसार ३१ लाख ५९ हजार ९६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको छ । त्यस्तै बितेको २४ घण्टामा कोरोनाको कारण २ सय ६० जनाको ज्यान गएको छ ।
त्यस्तै छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ६७ हजार १ सय ८३ पुगेको छ । बितेको २४ घण्टामा ६० हजार २ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ३८ लाख २६ हजार ३ सय ८७ पुगेको छ । हालसम्म २९ लाख ५० हजार १ सय २२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ७ सय २३ जनाको ज्यान गएको र संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै रसियामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १७ हजार ४ सय १४ पुगेको छ । बितेको २४ घण्टामा ४ हजार ९ सय ५२ जनामा कोरोना पुष्टि भएको र १ सय १५ जनाको कोरोनाको कारण ज्यान गएको छ । हालसम्म १० लाख ५ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने संक्रमितमध्ये ८ लाख २१ हजार १ सय ६९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये २ हजार ३ सय जनाको अवस्था गम्भीर रहेको छ ।
पेरुमा हालसम्म पेरुमा २९ हजार ६८ जनाको कोरोनाको कारण ज्यान गएको छ । त्यस्तै ६ लाख ५७ हजार १ सय २९ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै हालसम्म ४ लाख ७१ हजार ५ सय ९९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १ हजार ४ सय ९३ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
त्यस्तै दक्षिण अफ्रिकामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १४ हजार २ सय ६३ पुगेको छ । हालसम्म ६ लाख २८ हजार २ सय ५९ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै संक्रमितमध्ये ५ सय ३९ जनाको अवस्था गम्भीर रहेको र ५ लाख ४९ हजार ९ सय ९३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
मेक्सिकोमा बितेको २४ घण्टामा ६ हजार ४ सय ७६ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ६ लाख ६ हजार ३६ पुगेको छ । हालसम्म कोरोनाको कारण ६५ हजार २ सय ४१ जनाको ज्यान गएको र पछिल्लो २४ घण्टामा मात्र ८ सय २७ मृतक थपिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । हालसम्म मेक्सिकोमा ४ लाख २१ हजार ३ सय ७३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ३ हजार २ सय ७५ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
त्यस्तै चिलिमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ११ हजार ३ सय ४४ पुगेको छ । चिलिमा कुल संक्रमितको संख्या ४ लाख १४ हजार ७ सय ३९ पुगेको छ । त्यस्तै संक्रमितमध्ये ३ लाख ८७ हजार ६ सय ८३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । भने संक्रमितमध्ये ९ सय ४७ जनाको अवस्था गम्भीर रहेको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र चिलिमा १ हजार ५ सय ९४ जनामा कोरोना पुष्टि भएको र २३ जनाको ज्यान गएको छ ।
त्यस्तै स्पेनमा यो समाचार तयार पार्दासम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २९ हजार १ सय ९४ पुगेको छ । हालसम्म ४ लाख ७९ हजार ५ सय ५४ जनामा कोरोना संक्रमण देखिएको र संक्रमितमध्ये ८ सय ७४ जनाको अवस्था गम्भीर रहेको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र ८ हजार ५ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको र ४२ जनाको कोरोनाको कारण ज्यान गएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया