काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण यो समाचार तयार पार्दासम्म ८ लाख ६३ हजार ६ सय ६१ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका २ करोड ६० लाख ४७ हजार ६ सय ३४ जनामा कोरोना संक्रमण फैलिएको छ ।
हालसम्म विश्वभरबाट १ करोड ८२ लाख ९४ हजार २ सय २६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६० हजार ६ सय ४ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ८९ हजार २ सय ७९ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा १४ हजार ६ सय ८६ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ६२ लाख २७ हजार २ सय ५७ पुगेको छ ।
हालसम्म ३५ लाख ६ हजार ७ सय ५१ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १५ हजार ८ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र ३ सय ७९ जनाको कोरोनाको कारण ज्यान गएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया