मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु

सिरहा । सिरहाको सिरहा नगरपालिका ११ भलुवाही स्थित सिराह चौहर्वा सडक खण्डमा स ४ प ४६१० नम्बर र विपरित दिशाबाट आइरहेको स ४ प ७९२१ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिरहा धनगढीमाई १० बस्ने दिपक कुमार पंजियार र गुलरीया बस्ने सिल्टु ठाकुर रहेका छन् ।

यस्तै जितेन्द्र महरा भन्ने शिव कुमार महरा गम्भीर घाइते रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?