निषेधाज्ञाको अवधीमा यी उमेर समूहका मानिस अत्यावश्यक काममा समेत हिडडुल गर्न नपाउने !

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञाको अवधीमा १२ वर्ष मुनीका बालबालिका र ६० वर्ष माथिका वृद्धावृद्धा तथा दीर्घरोगीहरुलाई अत्यावश्यक कामको लागि समेत बाहिर निस्किन रोक लगाइएको छ । बालबालिका, दीर्घरोगी तथा वृद्धवृद्धामा कोरोनाको जोखिम बढि हुने भएकाले अत्यावश्यक कामको लागि समेत हिडडुलमा रोक लगाइएको हो ।

काठमाडौं उपत्यकाका तिन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) मा आज राति १२ बजेबाट लागू हुनेगरी तेस्रो चरणको निषेधाज्ञा जारी गरिएको छ । गत भदौ ३ गतेबाट १० गते र भदौ १० गतेबाट आजसम्मका लागि थपिएको निषेधाज्ञा भदौ २४ गतेसम्मको लागि थपिएको हो ।

अन्य दुइचरणमा भन्दा पछिल्लो निषेधाज्ञा केही खुकुलो बनाइएको छ ।

सर्वसाधारणको लागि दैनिक उपभोग्य वस्तु खरिदबिक्रीका लागि बिहान ९ बजेसम्म मात्र बाहिर निस्किन पाइनेमा अब बिहान ११ बजेसम्म नै अत्यावश्यक कामको लागि निस्किन सकिने बनाइएको हो ।

त्यस्तै जिल्लाभित्र सञ्चालन हुने सार्वजनिक सवारी साधन भने खुला गरिएको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?