काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा एक हप्ता थप गरिएको छ ।
गृहमन्त्रालयले उपत्यकाका तीनै जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) प्रमुख जिल्ला अधिकारीहरुसँगको छलफल पछि आगामी भदौ २४ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम बढेपछि तीनै जिल्लाका प्रजिअहरुले गत भदौ ३ गते बुधवारबाट १० गतेसम्मका लागि निषेधाज्ञा गर्ने निर्णय गरेका थिए । भने भदौ १० बाट आज राति १२ बजेसम्मका लागि निषेधाज्ञा कायम गरिएको छ । जोखिम कम नभएपछि फेरि १ साता निषेधाज्ञा थप्ने निर्णय गरिएको स्रोेतले जनाएको छ ।
स्रोतका अनुसार आम मानिसहरुको दैनिक जनजीवन सहज बनाउको लागि अघिल्लो पटकभन्दा केही खुकुलो बनाउन लागिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया