बच्चाहरुको नाक र घाटीमा केहि हप्तासम्म कोरोना भाइरस रहने वैज्ञानिकको दाबी !

काठमाडौं । बच्चाहरुको नाक र घाटीमा केहि हप्तासम्म कोरोना भाइरसको संक्रमण रहिराख्ने वैज्ञानिकहरुले बताएका छन् ।

यस्तो अवस्थामा एसिम्प्टोम्याटिक केस पनि हुन सक्ने बताइएको छ । यो दाबी वाशिंगटनको चिल्ड्रेन नेशनल हस्पिटलको रिसर्च गर्ने वैज्ञानिकहरुले गरेका हुन् ।

रिसर्चसले कोरोना भाइरस गुपचुपरुपमा आफ्नो संक्रमण फैलाईरहेको बताएका छन् ।

अध्ययनले कसरी कोरोना भाइरस गुपचुपरुपमा आफ्नो प्रकोप फैलाईरहेको छ भन्ने बारेमा पत्ता लागेको बताइएको छ ।

क्यानडाका रिसर्चसले यो अध्ययन साउथ कोरियामा गरेका हुन् । उनीहरुले कोरोना संक्रमण गुपचुपरुपमा फैलिरहेको बताएका छन् ।

रिसर्चमा ८५ संक्रमित बच्चा टेस्टिंगबाट लक्षण नदेखिएकै कारण टाढिएका छन् ।

यस्तो फेरि हुने हो भने क्म्यूनिटीमा एसिम्टोम्याटिक केस भएका बच्चाहरुको केस अतयधिक हुनेछ । दक्षिण कोरियामा १८ फेब्रुअरी देखि ३१ फेब्रुअरी मार्चको बीचमा ९१ जना एसिम्प्टोम्याटिक, प्रि सिम्प्टोम्याटिक र सिम्प्टोम्याटिक बच्चाहरु पाइएका थिए ।

जसमा कोरोनाको पुष्टि भएको थियो । ९१ मध्ये १८ जना बच्चाहरु प्री सिम्प्टोम्याटिक रहेका थिए । अर्थात् उनीहरुमा शुरुवाती लक्षण नदेखिए पनि पछि लक्षण देखिएको थियो ।

बाँकी बच्चामा कोरोनाका लक्षण अत्याधिक देखिएका थिए । उनीहरुमा खोकी, डाइरिया, पेटमा दुख्ने, स्वाद वा गन्ध थाहा नपाउने समस्या रहेको थियो ।

रिसर्चसहरुले बच्चामा लक्षण नदेखिएमा यसबाट पुरा कम्यूनिटीमा भाइरस फैलन सक्छ । औसतमा यस्ता एसिम्प्टोम्याटिक बच्चाहरुमा १४ दिनमा लक्षण देखिन्छ ।

एजेन्सीको सहययोगमा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?