चीन-भारतबीचको पछिल्लो झडपमा एक भारतीय सैनिकको निधन

काठमाडौं । चीन भारत सीमावर्ती क्षेत्र पूर्वी लद्दाखमा केहि समय यता विवाद भईरहेको छ ।

सीमाको विषयलाई लिएर गत १५ जूनमा पनि हिंसात्मक झडप भएको थियो । उक्त झडपमा २० जना भारतीय सैनिक शहीद भएका थिए ।

त्यसपछि फेरि २९/३० अगस्टको राती झडप भएको थियो ।

उक्त झडपमा एक जना भारतीय सैनिकको निधन भएको र एक जना सैनिक घाईते भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

यो दाबी विदेशी सञ्चारमाध्यमहरुले गरेको भन्दै भारतीय सञ्चारमाध्यमहरुले समाचार प्रकाशित गरेका छन् । तर यस बारेमा आधिकारि पुष्टि भने भईसकेको छैन ।

उक्त सैनिक स्पेशल फ्रन्टियर फोर्स (एसएफएफ) मा तैनाथ रहेको बताइएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?