पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेका जिल्ला भदौ १ मा पर्सा, रौतहट, महोत्तरी र काठमाडौं मात्रै थिए । मंगलबारसम्ममा भने यस्ता जिल्लाको संख्या १२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मोरङ, सुनसरी, धनुषा, पर्सा, बारा, महोत्तरी, रौतहट, सर्लाही, काठमाडौं, ललितपुर, चितवन र रूपन्देहीमा धेरै संक्रमित छन् ।
यी जिल्लामा मात्रै सक्रिय संक्रमित १३ हजार ९४ जना छन् । यो संख्या मुलुकभरका संक्रमितको ७२।२९ प्रतिशत हो । मुलुकभर १८ हजार १ सय १२ सक्रिय संक्रमित छन् ।
काठमाडौं उपत्यकामा ३ गते राति १२ बजेदेखि निषेधाज्ञा जारी गरिएको थियो । त्यस दिनदेखि मंगलबारसम्ममा संक्रमितको संख्या दोब्बरभन्दा बढी भएको छ । काठमाडौं उपत्यकामा भदौ ३ मा संक्रमितको संख्या २ हजार ४ सय ९८ थियो । मंगलबार संक्रमितको संख्या ६ हजार २ सय ५ पुगेको छ ।
१४ दिनमा ३ हजार ७ सय ७ जना संक्रमित थपिएका छन् । काठमाडौं जिल्लामा भदौ ३ मा १ हजार ९ सय ७७ जना संक्रमित रहेकामा मंगलबार सो संख्या ४ हजार ९ सय १७ पुगेको छ । मुलुकभर भदौ २ मा २८ हजार २ सय ५७ जना संक्रमित रहेकामा मंगलबारसम्म ४० हजार ५ सय २९ जना पुगेको छ । यस्तै भदौ १ यता कोरोनाकै कारण १ सय ३१ जनाको मृत्यु भइसकेको छ । निषेधाज्ञा लागू भएयता काठमाडौं उपत्यकामा मात्रै २६ जनाको ज्यान गएको छ ।कान्तिपुर दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया