मलाई अहिलेसम्म कोरोनाको कुनै लक्षण देखिएको छैन : मेयर शाक्य

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आफूमा कोरोना संक्रमणको कुनै लक्षण नदेखिएको बताएका छन् ।

सोमवार कोरोना पुष्टि भएसँगै उनी यतिबेला होम आइसोलेसनमा रहेका छन् । उनकी श्रीमतीमा उच्च ज्वरो देखिएकाले परीक्षणका लागि ग्राण्डी पुगेका शाक्यमा सोमवार कोरोना पुष्टि भएको हो ।

मेयर शाक्यले कोरोनाबाट उपत्यकाबासीलाई जोगाउने क्रममा संक्रमण भएको बताएका छन् ।

“कोरोना रिपोर्ट पोजेटिभ आए पनि मेरो मनोबल उच्च छ । मलाई अहिलेसम्म कुनै लक्षण देखिएको छैन् । मेरो स्वास्थ्य अवस्था सामान्य छ । अहिले म र मेरा परिवार होम आइसोलेसनमा स्वास्थ्यमा मापदण्ड पालनासहित बसिरहेको जानकारी गराउन चाहन्छु।” उनले भने ।

त्यस्तै आफूमा कोरोना संक्रमण पुष्टि भएको एक हप्ता अघिसम्म भेटघाट भएकोहरुलाई नियमित पीसीआर परीक्षण गर्नका लागि समेत आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?