चिकित्सक संघ र आस्क फाउण्डेसनबीच सम्झौता, कोभिड नियन्त्रणका लागि नि:शुल्क परामर्श दिइने

काठमाडौं । नेपाल चिकित्सक संघ र आस्क फाउण्डेसनबीच कोभिड रोकथाम तथा उपचारका लागि निःशुल्क परामर्श सेवा उपलब्ध गराउने बारे सहमति भएको छ ।

सम्झौता अनुसार आस्क फाउण्डेसनले नेपाल चिकित्सक संघका आजीवन सदस्यहरुलाई कोभिड रोकथाम तथा उपचारका लागि टेलिमेडिसिन र वेविनार मार्फत निःशुल्क परामर्श सेवा उपलब्ध गराउने भएको छ ।

उक्त सम्झौता पत्रमा संघको तर्फबाट अध्यक्ष डा. लोचन कार्की र आस्क फाउण्डेसनको तर्फबाट डा. प्रभात अधिकारीले हस्ताक्षर गरेका छन् ।

फाउण्डेसनले देशभर संघका आजीवन सदस्यहरुलाई आइशोलेसन सेन्टर वा घरमै आइसोलेसनमा रहेको अवस्थामा कोभिड रोकथाम तथा उपचारका लागि टेलिमेडिसिन र वेविनार मार्फत, शारीरिक स्वास्थ्य, मानसिक स्वास्थ्य र सामाजिक समस्याहरुका सम्बन्धमा निःशुल्क परामर्श सेवा उपलब्ध गराउने जनाएको छ ।

आस्क फाउण्डेसनमा एक दर्जन भन्दा धेरै व्यवसायिक चिकित्सक संलग्न रहेका छन । फाउण्डेसनलाई डाँफे केयरले प्रावधिक सहयोग उपलब्ध गराउदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?