काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण यो समाचार तयार पार्दासम्म ८ लाख ५२ हजार ३ सय ७ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका २ करोड ५५ लाख ७ हजार १ सय ५९ जनामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म विश्वभरबाट १ करोड ७ लाख ४ हजार ९ सय २८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६१ हजार १ सय १६ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ७ हजार ४ सय १० जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा १४ हजार १ सय ९९ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ६१ लाख ६१ हजार ८७ हजार ४ सय ३५ पुगेको छ । हालसम्म ३४ लाख २९ हजार ६ सय ३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १५ हजार ९ सय ९१ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र १ सय ८६ जनाको कोरोनाको कारण ज्यान गएको छ ।
त्यस्तै ब्राजिलमा कोरोनाको कुल संक्रमित संख्या ३८ लाख ६२ हजार ३ सय १८ पुगेको छ । हालसम्म ब्राजिलमा कोरोनाको कारण १ लाख २० हजार ८ सय ९६ जनाको ज्यान गएको छ । वल्डोमिटरको तथ्यांक अनुसार ३० लाख ३१ हजार ५ सय ५९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ६५ हजार ४ सय ९६ पुगेको छ । बितेको २४ घण्टामा ६५ हजार १ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ३६ लाख ४ हजार ३ सय ३९ पुगेको छ । हालसम्म २ लाख ३४ हजार ९ सय ७३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ८ सय १० जनाको ज्यान गएको र संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै रसियामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १७ हजार १ सय ७६ पुगेको छ । बितेको २४ घण्टामा ४ हजार ९ सय ९३ जनामा कोरोना पुष्टि भएको र ८३ जनाको कोरोनाको कारण ज्यान गएको छ । हालसम्म ९ लाख ९५ हजार ३ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने संक्रमितमध्ये ८ लाख ९ हजार ३ सय ८७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये २ हजार ३ सय जनाको अवस्था गम्भीर रहेको छ ।
पेरुमा हालसम्म पेरुमा २८ हजार ७ सय ८८ जनाको कोरोनाको कारण ज्यान गएको छ । त्यस्तै ६ लाख ४७ हजार १ सय ६६ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै हालसम्म ४ लाख ५५ हजार ४ सय ५७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १ हजार ५ सय १४ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया