काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण यो समाचार तयार पार्दासम्म ८ लाख ५२ हजार ३ सय ७ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका २ करोड ५५ लाख ७ हजार १ सय ५९ जनामा कोरोना संक्रमण फैलिएको छ ।
हालसम्म विश्वभरबाट १ करोड ७ लाख ४ हजार ९ सय २८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६१ हजार १ सय १६ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ७ हजार ४ सय १० जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा १४ हजार १ सय ९९ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ६१ लाख ६१ हजार ८७ हजार ४ सय ३५ पुगेको छ ।
हालसम्म ३४ लाख २९ हजार ६ सय ३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १५ हजार ९ सय ९१ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र १ सय ८६ जनाको कोरोनाको कारण ज्यान गएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया