काठमाडौं । कोरोना भाइरसको महामारीका बीच साउदी अरबले एक ठूलो खजाना हात पारेको छ ।

साउदी अरबको सरकारी तेल कम्पनी साउदी अरामकोले किंगडमको उत्तरी भागमा दुई वटा नयाँ तेल ग्याँस भण्डार फेला पारेको हो ।

साउदीका उर्जामन्त्री प्रिन्स अब्दुल अजीजले आधिकारीक रुपमा प्रेस एजेन्सी (एसपीए)को माध्यमबाट आईतवार यो जानकारी दिएका हुन् ।

अल जउफ इलाकामास्थित ग्याँस भण्डारलाई हदबत अल हजरा ग्यास फील्ड र उत्तरी सीमाईको तेल भण्डारलाई अबराक अल तालूल नाम दिईएको छ ।

प्रिन्स अब्दूल अजिजले प्रेस एजेन्सीसँगको कुराकानीमा हदबत अल हजरा फिल्डको अल सरारा रिजरभायरबाट १६ मिलियन क्यूबिक फीट प्रतिदिनको दरमा प्राकृतिक ग्याँस निकालेको र १९४४ ब्यारल कण्डेनसेट्स पनि निकालिएको बताएका छन् ।

एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया